Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता निधि र मध्य प्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता

कांग्रेस नेता निधि र मध्य प्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता

  • आइतवार, श्रावण २२ २०७९

  • 313
    SHARES

  • कांग्रेस नेता निधि र मध्य प्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता
    काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटवार्ता भएको छ । 
     
    मध्य प्रदेशको राजधानी भूपालस्थित मुख्यमन्त्रीको कार्यालय वल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो । सोह्र वर्षदेखि मध्य प्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ । जवाफमा उहाँले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताउनुभएको पूर्व उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । 
     
    नेता निधि र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री दत्तात्रये होसबोलेबीच पनि भेटघाट भएको छ । मध्य प्रदेशको राजधानी भूपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो । 
     


    आइतवार, श्रावण २२ २०७९०१:२७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij