काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा एमाले एक्लै जाने बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनमा रहेका कुनै पनि दलहरुसँग सहकार्यको सम्भावना नरहेको बताउँदै ज्ञवालीले गठबन्धनभन्दा बाहिर रहेका दलहरुले आफना मुद्दा र प्राथमिकताहरुमा सहमती जनाउछन् भने कतिपय आंशिक ठाउँमा तालमेल हुन पनि सक्ने तर मुख्य रुपमा एमालेले एक्लै गठबन्धनको सामना गर्ने स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका ज्ञवालीले गठबन्धन शक्तीको सामथ्र्यको प्रतिक नभई कमजोरीको प्रतिक भएको दाबी समेत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसजस्तो पार्टी जो कुनबेला दुई तिहाई बहुमत ल्याएको थियो २०१५ सालमा, ०४८ र ५६ मा भने एक्लै लडेर एकल बहुमत ल्याएको थियो । त्यो पार्टी आज २०६ कुनै समयमा २ तिहाई बहुमत ल्याउने पार्टी आज १६५ निर्वाचन क्षेत्रमध्ये कुनै एउटै मा पनि म एक्लै लडछु र चुनाव जित्छु भन्ने आट गर्दैन र उस्लाई अगाडि बढनका लागि चार–चारवटा लाठठी चाहिन्छ भने यो सफलताको प्रतिक हो र ? त्यसकारण हामीलाई कुनै दबाब छैन, हामी एक्लै लडन र जित्न सक्छौँ ।’
यस्तै ज्ञवालीले बाम एकताको प्रसंगमा बाम कस्लाई भन्ने कांग्रेसलाई जिताउन लागिपरेकालाई भन्ने की आफ्नो सिद्धान्ततहःअस्तित्वमा रहेको दललाई मान्ने भन्दै प्रश्न गर्नुभएको छ । कांग्रेसलाई पहिलो बनाएर जाने र त्यसैको निगाहमा केहि सिटहरु लिएर सत्तामा रहने पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको घोषित मिसन नै रहेकाले त्यसलाई बाम भनेर फेरि मिल्न नसकिने ज्ञवालीले स्पष्ट पार्नुभयो ।