Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई भडुवा भन्दै ओली आक्रोशित

रवि लामिछानेलाई भडुवा भन्दै ओली आक्रोशित

  • शनिवार, श्रावण २१ २०७९

  • 771
    SHARES

  • रवि लामिछानेलाई भडुवा भन्दै ओली आक्रोशित

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गर्नुभएको छ ।

    लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गर्नुभयो ।

    ‘‘देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरुलाई अपमान गरेको छ, सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन ?’ ओलीले प्रश्न गरेका छन्।

    तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाउनुभयो । ‘जसले देशका लागि बलिदान गरेको छ, हिजो तानाशाहीविरुद्ध लड्दाखेरि अंगभंग भएको छ । परिवारका सदस्य गुमाएको छ, काखको छोरछोरी गुमाएको छ । आमाबाबु गुमाएको छ, श्रीमान गुमाएको छ, श्रीमती गुमाएको छ, टुहुरा टुहुरी हुनपरेको छ । हात गुमाएको छ, स्वास्थ्य बिगारेको छ, आर्थिक अवस्था डामडोल बनाएको छ’, ओलीले भन्नुभयो, ‘त्यसरी डेमोक्रेसी ल्याएको नेताहरु पार्टीहरुलाई अपमान गरेको छ, तथानाम बोलेको छ, कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ, यो सबै कुरासँग सतर्क हुनुपर्छ ।

    ओलीले युवालाई पार्टी चाहिँदैन भनेर भ्रम फैलाउन खोजेको बताउनुभयो । स्वतन्त्र उम्मेदवारले एकाध ठाउँमा जिते पनि देशभरका नागरिकको भावनाको प्रतिनिधित्व गर्न नसक्ने ओलीले बताउनुभयो ।


    शनिवार, श्रावण २१ २०७९०७:१३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij