Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड जापान पुगे, विभिन्न कार्यक्रममा सहभागी हुने

प्रचण्ड जापान पुगे, विभिन्न कार्यक्रममा सहभागी हुने

  • शनिवार, श्रावण २१ २०७९

  • 521
    SHARES

  • प्रचण्ड जापान पुगे, विभिन्न कार्यक्रममा सहभागी हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुग्नुभएको छ । हिजो राति जापानका लागि प्रस्थान गर्नुभएका अध्यक्ष प्रचण्ड आज बिहान टोकियोस्थित नारिता विमानस्थलमा अवतरण गर्नुभएको हो ।

    प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गर्नुभएको छ । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ वायुसेवा निगमको जहाजमार्फत् जापान जानुभएको हो ।

    प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नुहुनेछ । अध्यक्ष प्रचण्डले भोलि हिरोसिमाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

    भोलि नै उहाँ नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा पनि सहभागी हुनेहुनेछ ।

    जापानमा रहँदा जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।


    शनिवार, श्रावण २१ २०७९०९:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij