Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पाँच दिने भ्रमणका लागि प्रचण्ड जापान प्रस्थान

पाँच दिने भ्रमणका लागि प्रचण्ड जापान प्रस्थान

  • शनिवार, श्रावण २१ २०७९

  • 488
    SHARES

  • पाँच दिने भ्रमणका लागि प्रचण्ड जापान प्रस्थान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्नुभएको छ । पाँच दिने भ्रमणका लागि प्रचण्ड गएराति नेपाल एअरलाइन्सको विमानबाट जापान जानुभएको हो ।

    प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहनुभएको छ ।

    नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नुहुनेछ ।

    भोलि हिरोसिमाको भ्रमण गर्नुहुनेछ । अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ । प्रचण्ड साउन २५ गते स्वदेश फर्कनुहुनेछ ।

     


    शनिवार, श्रावण २१ २०७९०७:१७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij