Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेहनत गरे एकल बहुमतको सरकार बनाउन सक्छौँ : ओली

मेहनत गरे एकल बहुमतको सरकार बनाउन सक्छौँ : ओली

  • शुक्रवार, श्रावण २० २०७९

  • 827
    SHARES

  • मेहनत गरे एकल बहुमतको सरकार बनाउन सक्छौँ : ओली
    काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाइ बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताउनुभएको छ । 
     
    आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाइको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । 
     
    काठमाडौंमा आज भएको कार्यक्रममा उहाँले भन्नुभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्‍यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्‍यो ।’
     
    एमाले अध्यक्ष ओलीले अहिलेको सरकार ट्र्याक्टर जस्तो भएको आरोप लगाउनुभयो। ‘बनाउन हामीले ट्र्याक्टर बनाएका छौँ, परिकल्पना चाहिँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्र्याक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, उहाँले भन्नुभयो, ‘ट्र्याक्टर पनि थोत्रो, धुँवा फ्याँक्ने, अहिलेको जस्तो ट्र्याक्टरले देश बनाउँछ र ?’
     
    ओलीले उपयुक्त सरकार बनाउने चुनौती एमाले सामु रहेको बताउनुभएको छ । 
     


    शुक्रवार, श्रावण २० २०७९०१:३४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij