काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जानुहुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार खड्काको भ्रमण तालिका साउन २४ देखि २६ गतेसम्म रहेको छ ।
साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ । त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नुहुने छ। परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
पछिल्लो समय चीनबाट उच्चस्तरीय भ्रमण भइरहेको छ । पछिल्ला ४ वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङसहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण भएका छन् ।