दाङ । ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका ‘मेरो नशा नशामा तिमी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द अर्जुन पोखरेलको संगीत रहेको गितमा कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको छ ।
डाकोन पिक्चरले निर्माण गरेको भिडियोमा क्रान्ति के.सी.को निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन छ । आज बुधबार ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन ।
साथै यस गीतलाई त्ष्पत्यप प्रतियोगितामा राखिएको र भाद्र मसान्त सम्म जसको सबैभन्दा बढि त्ष्पत्यप भिउज पुग्छ उसलाई पुरष्कार शोरुप नगद रु २०,००० प्रदान गरिने समेत डाकोन पिक्चरको निर्माण युनिटले बताए ।