Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सक्रिय राजनीतिबाट सन्यास लिने मूडमा माधव नेपाल

सक्रिय राजनीतिबाट सन्यास लिने मूडमा माधव नेपाल

  • बिहिवार, श्रावण १९ २०७९

  • 827
    SHARES

  • सक्रिय राजनीतिबाट सन्यास लिने मूडमा माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गर्नुभएको छ।

    बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा उहाँले यस्तो संकेत गर्नुभएको हो ।

    उहाँले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरूले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताउनुभयो। अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गर्नुभयो । उहाँले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्ने दबाब रहेको बताउनुभयो ।

    उहाँले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताउनुभयो ।

    अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गर्नुभयो। उहाँले शुक्रवार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताउनुभयो ।


    बिहिवार, श्रावण १९ २०७९०७:३६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij