Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

चुनाव आउन १०८ दिन बाँकी, मतदान आइतबार

चुनाव आउन १०८ दिन बाँकी, मतदान आइतबार

  • बिहिवार, श्रावण १९ २०७९

  • 1.1K
    SHARES

  • चुनाव आउन १०८ दिन बाँकी, मतदान आइतबार
    काठमाडौं । अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरण सङ्घीय संसद् र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको हो।
     
    मतदानको दिन आइतबार परेको छ।
     
    बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो।
     
    यसअघि २०७४ सालमा सङ्घीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। 
     
    प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 


    बिहिवार, श्रावण १९ २०७९०२:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij