Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

चुनावको मिति घोषणा गर्न मन्त्रीपरिषद् बैठक आज बस्दै

चुनावको मिति घोषणा गर्न मन्त्रीपरिषद् बैठक आज बस्दै

  • बिहिवार, श्रावण १९ २०७९

  • 624
    SHARES

  • चुनावको मिति घोषणा गर्न मन्त्रीपरिषद् बैठक आज बस्दै

    काठमाडौं । मन्त्रीपरिषद् बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा गर्ने तयारी भएको छ ।

    आजको बैठकको ठोस एजेण्डा नभए पनि चुनावको मिति भने घोषणा हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आजको मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी भएको हो ।

    यसअघि निर्वाचन आयोगले आगामी मङ्सिरको २ गतेभित्रै चुनाव गर्ने गरि मिति घोषणा गर्न सिफारिस गरेको थियो । सत्ता गठबन्धनका दलहरू आउँदो मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भइसकेका छन् ।


    बिहिवार, श्रावण १९ २०७९०९:२०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij