Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मनोनयन पत्र दर्ताको अघिल्लो दिनसम्म संसद् र सांसदको पदावधि रहन्छ : मीन विश्वकर्मा

मनोनयन पत्र दर्ताको अघिल्लो दिनसम्म संसद् र सांसदको पदावधि रहन्छ : मीन विश्वकर्मा

'कांग्रेसले सबैभन्दा बढी सिट पाउनेमा शंका छैन'
  • बिहिवार, श्रावण १९ २०७९

  • 641
    SHARES

  • मनोनयन पत्र दर्ताको अघिल्लो दिनसम्म संसद् र सांसदको पदावधि रहन्छ : मीन विश्वकर्मा

    नेपाली कांग्रेसका संसदीय दलका सचेतक मीन विश्वकर्माले मनोनयन पत्र दर्ताको अघिल्लो दिनसम्म संसद् र सांसदको पदावधि रहने बताउनुभएको छ ।

    संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सम्भावना रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले भन्नुभयो, ‘संविधानको धारा ९१ को उपधारा ६ को (ख) मा संघीय सांसद्को पदाविध पाँच वर्षको हुने छ र निर्वाचनको मिति घोषणा भई मनोनयन पत्र दर्ता गर्नुभन्दा अघिल्लो दिनसम्म रहने छ भनेको छ । यसकारण जुन दिन मनोनयन पत्र दर्ता गर्छौ अघिल्लोे दिनसम्म संसद र सांसदहरुको पदावधि रहन्छ । ’

    यस्तै आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन एक भएर जाने प्रसंगमा सचेतक विश्वकर्माले सिट बाँडफाँड मिलाउन सजिलो नहुने कुरामा जोड दिनुभएको छ ।

    सबैलाई धेरै सिट र जित्ने ठाउँ चाहिएको अवस्थामा नेतृत्वले यसलाई कसरी समन्वय गरेर निर्णयमा जाने भन्ने कुरा केहि असजिलो भए पनि निकास निकाल्न सफल हुने विश्वास व्यक्त गर्दै नेता विश्वकर्माले गठबन्धनलाई सबैको जित र शक्तिवृद्धि हुने गरि निर्णयमा पुग्ने दाबी गर्नुभयो ।

    कांग्रेसले सबैभन्दा बढी सिट प्राप्त गर्नेमा कुनै शंका नभएको पनि नेता विश्वकर्माको भनाइ छ । गठबन्धन र दलभित्रै देखिएका समस्याहरुलाई सहमती र समझदारीमा अगाडि बढ्ने बताउँदै नेता विश्वकर्माले अफ्ठेरो अवस्था भए पनि निश्कर्षमा पुग्ने दाबी गर्नुभयो ।


    बिहिवार, श्रावण १९ २०७९०७:२०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij