Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

द्वन्द्वपीडित परिवारको गुनासो : सुझाव विना ऐन संशोधन विधेयक संसद्मा लगियो 

द्वन्द्वपीडित परिवारको गुनासो : सुझाव विना ऐन संशोधन विधेयक संसद्मा लगियो 

  • बुधवार, श्रावण १८ २०७९

  • 459
    SHARES

  • द्वन्द्वपीडित परिवारको गुनासो : सुझाव विना ऐन संशोधन विधेयक संसद्मा लगियो 
    काठमाडौं । द्वन्द्वपीडित परिवारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने माग गरेका छन् । 
     
    राष्ट्रिय मानव अधिकार आयोगले बुधबार(आज) आयोजना गरेको ऐनको संशोधन विधेयकमाथिको छलफलका क्रममा द्वन्द्वपीडित परिवारले सम्बन्धित क्षेत्रको सुझाव विना ऐनको संशोधन विधेयकलाई संसद्मा लगिएको भन्दै गुनासो गरेका हुन् । 
        
    द्वन्द्वपीडित साझा चौतारीका पूर्व अध्यक्ष सुमन अधिकारीले द्वन्द्वपीडितसँग कुनै सुझाव नलिईकन सरकारले ऐन संशोधन विधेयक ल्याएको भन्दै आफूहरूको सुझावलाई समेत समावेश गर्नुपर्ने माग गर्नुभयो। विधेयकमा परामर्शदाताको सुझाव र त्यसबारे अदालतले गरेको निर्णयलाई समावेश गर्नुपर्ने उहाँको भनाइ छ । 
        
    द्वन्द्वपीडित रामचन्द्र विकले विधेयकमा हत्यालाई पनि मानवअधिकार उल्लंघन भनेर लेखिएको छ भन्दै त्यो गलत रहेको र त्यसलाई विधेयकको परिभाषामा नै सच्याउनुपर्ने बताउनुभयो । द्वन्द्वपीडित साझा चौतारीकी अध्यक्ष मैना कार्कीले पीडितको सुझावका आधारमा ऐन संशोधन गरेपछि आयोग गठन गरी आयोगमा कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग गर्नुभयो ।
     
    आयोगका अध्यक्ष तपबहादुर मगरले संशोधन विधेयकमा समावेशी कतिपय प्रावधान हटाउनका निम्ति आयोगले पहल गरिरहेको जानकारी दिनुभएको छ । आयोगका सदस्य सूर्य ढुंगेलले पीडितलाई न्याय दिनेभन्दा पनि पीडकलाई उन्मुक्ति दिने गरी ऐन संशोधन गर्ने तयारी गरिएको भन्दै पीडकले उन्मुक्ति पाउन नहुनेमा जोड दिनुभयो ।


    बुधवार, श्रावण १८ २०७९०८:२१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij