Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अमेरिकाले चीनलाई उत्तेजित पारेर द्वन्द्व फैलाउन खोज्यो : बिजुक्छे

अमेरिकाले चीनलाई उत्तेजित पारेर द्वन्द्व फैलाउन खोज्यो : बिजुक्छे

  • बुधवार, श्रावण १८ २०७९

  • 288
    SHARES

  • अमेरिकाले चीनलाई उत्तेजित पारेर द्वन्द्व फैलाउन खोज्यो : बिजुक्छे

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज एक विज्ञप्ति जारी गरी अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्नुभएको छ ।

    अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको उहाँले आरोप लगाएको छ ।

    बिजुक्छेले जारी गरेको विज्ञप्तिमा ताइवानलाई चीनको अभिन्न अंग भन्दै त्यहाँ अमेरिकी सभामुख जानु अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि भनिएको छ ।

    चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको सर्वविदित छ’ अध्यक्ष बिजुक्छेले भन्नुभएको छ ‘त्यसैको सिलसिला अन्तर्गत पेलोसीको ताइवान भ्रमण भएको प्रष्ट छ, निश्चय पनि यसको परिणाम वाइडेन प्रशासनले भोग्नुपर्नेछ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।’

    विगतमा एक चीन नीतिलाई स्वीकार गरे पनि अमेरिकाले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति भएको नेमकिपाले बताएको छ ।

    अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको भन्दै नेमकिपाले एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।


    बुधवार, श्रावण १८ २०७९०१:२६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij