Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

  • मंगलवार, श्रावण १७ २०७९

  • 658
    SHARES

  • ६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

    उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभएको छ । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।


    मंगलवार, श्रावण १७ २०७९०७:३४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij