Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

महँगीविरुद्ध एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

महँगीविरुद्ध एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

  • सोमवार, श्रावण १६ २०७९

  • 522
    SHARES

  • महँगीविरुद्ध एमालेले आज  काठमाडौंमा प्रदर्शन गर्दै

    काठमाडौं । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (सोमबार) विशाल प्रदर्शन गर्ने भएको छ ।

    महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ । सोमबार दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा महँगीविरुद्ध प्रदर्शन र सभा आयोजना हुने भएको छ । सभाअघि विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्ने भएको छ ।

    सोही जुलुसमा काठमाडौं उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू र सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।


    सोमवार, श्रावण १६ २०७९०८:३०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij