Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रेस युनियनले विनियमावली संशोधन गर्ने

नेपाल प्रेस युनियनले विनियमावली संशोधन गर्ने

  • आइतवार, श्रावण १५ २०७९

  • 484
    SHARES

  • नेपाल प्रेस युनियनले विनियमावली संशोधन गर्ने

    काठमाडौं । नेपाल प्रेस युनियनले आफ्नो विनियमावली संशोधन गर्ने भएको छ ।

    युनियनको पहिलो बैठकले विनियमावली संशोधनका लागि छुट्टै समिति बनाएको छ । उपाध्यक्ष भिष्म ओझाको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष जीवन भण्डारी, उपमहासचिवद्धय युवराज गौतम, सुलोचना गौतम र केन्द्रीय सदस्य मित्र भण्डारी रहेका छन् । समितिमा दुई अधिवक्ता मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    युनियनको महाधिवेशनले विधानमा धेरै हेरफेर गरेकाले त्यसलाई थप व्याख्या गर्न विनियमावली संशोधन गर्नु परेको युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो । यही साउन ६ र ७ गते हेटौडामा सम्पन्न भएको युनियनको नवौँ महाधिवेशनले शिव लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । समितिको शनिबार बसेको पहिलो बैठकले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयकहरु फिर्ता लिन माग गरेको छ ।

    पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनःबहाली गर्न सम्बन्धित सञ्चारगृहको ध्यानाकर्षण गर्नेलगायतका निर्णय गरेको पनि महासचिव पौडेलले बताउनुभयो ।


    आइतवार, श्रावण १५ २०७९०५:५१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij