Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कमिटीमा समन्वय गरेर मात्रै काम गर्नुहोस् : ओली

कमिटीमा समन्वय गरेर मात्रै काम गर्नुहोस् : ओली

  • आइतवार, श्रावण १५ २०७९

  • 505
    SHARES

  • कमिटीमा समन्वय गरेर मात्रै काम गर्नुहोस् : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख उपप्रमुखहरूलाई पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिनुभएको छ ।

    आइतबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीको उपस्थितिमा बसेको एमाले केन्द्रीय विभागका प्रमुख उपप्रमुख र सचिव सहभागी बैठकको समापन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

    ‘कतिपय विभागबीच समन्वय गरेर गर्नुपर्ने कामहरु हुन्छन् । ती कामहरु समन्वय गरेर मात्रै गर्न तथा आ–आफ्ना विभागहरुले गर्नुपर्ने कामको कार्ययोजनासहित गति बढाउन अध्यक्षबाट निर्देशन भयो’, प्रचार विभाग उपप्रमुख रिजालले अध्यक्ष ओलीको निर्देशन उद्धृत गर्दै जानकारी दिनुभएको छ ।

    त्यसक्रममा अध्यक्ष ओलीले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारवाहीविरुद्ध खरो रूपमा उत्रन निर्देशन दिनुभएको छ ।

    बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो ।


    आइतवार, श्रावण १५ २०७९०३:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij