काठमाडौं । माओवादी केन्द्रका शीर्ष नेताहरू अर्थमन्त्रीको शपथ ग्रहणमा सहभागी हुन जाने भएपछि आइतबार दिउँसोको लागि बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भनिएको थियो ।
संसदीय छानबिन समितिबाट निर्दोष प्रमाणित भएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री नियुक्त गर्नुहुने भएको छ ।
माओवादी केन्द्रको अर्को बैठकको समय भने तोकिएको छैन । अब अर्को बैठक अध्यक्ष प्रचण्ड जापान भ्रमणबाट फर्किएपछि मात्र बस्न सक्ने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।