काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले गरेको काम अरूले २० वर्ष सम्ममा पनि गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा उनले कांग्रेसले अहिले सम्म एमालेको जस्तो काम गर्न नसकेको बताउनुभएको हो ।
उहाँले नेपाली कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाउनुभयो ।
उहाँले एमाले सरकारले गरेको थुप्रै कामहरूको प्रचार हुन नसकेकोमा गुनासो गर्नुभएको थियो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो कमजोरी नगर्न सुझाव दिनुभएको छ । उहाँले आगामी निर्वाचनमा राष्ट्रिय युवा सङ्घ अझै सशक्त हुनु पर्ने बताउनुभयो । टोल टोलमा राष्ट्रिय युवा सङ्घ पुग्नु पर्ने ओलीले बताउनुभयो । त्यहाँ पुगेर आफ्नो सङ्गठन निर्माण गर्न सुझाव दिनुभएको छ ।