काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किनुभएको छ ।
अस्ति बिहिबार अपराह्न काठमाडौं आउनुभएका लुले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
दुई दिन नेपाल बसाइमा उहाँले थप विस्तारित नेपाल–अमेरिका व्यापार सम्बन्धको बारेमा आयोजित अन्तरक्रियामा सहभागी भए भने केही सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भनेर छलफल गर्नुभएको थियो ।