Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री र प्रचण्डबीच भेटवार्ता, चुनावको मितिबारे छलफल

गृहमन्त्री र प्रचण्डबीच भेटवार्ता, चुनावको मितिबारे छलफल

  • शुक्रवार, श्रावण १३ २०७९

  • 385
    SHARES

  • गृहमन्त्री र प्रचण्डबीच भेटवार्ता, चुनावको मितिबारे छलफल

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    शुक्रबार बिहान मन्त्री खाँणले दाहालको निवास ललितपुरको खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो ।

    भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयहरूमा छलफल भएको छ । दाहाल र मन्त्री खाँणबीच नागरिकता विधेयकको कार्यान्वयन, चुनावको मिति घोषणालगायत विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

    सरकारले यही साता चुनावको मिति घोषणा गर्ने तयारी छ । अध्यक्ष दाहालले बिहीबार मात्रै सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा गर्ने बताउनु भएको थियो ।

    मन्त्री खाँणले बिहीबार साँझ माओवादी नेता कृष्णबहादुर महरासँग पनि छलफल गर्नुभएको थियो ।
    निर्वाचन आयोगले यसअघि नै आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न परामर्श दिइसकेको छ ।

     

     


    शुक्रवार, श्रावण १३ २०७९११:१३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij