Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दलहरूले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

दलहरूले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

  • बिहिवार, श्रावण १२ २०७९

  • 660
    SHARES

  • दलहरूले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल
    काठमाडौं । उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । 
     
    सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक कार्यक्रममा उनले दलहरूले बढी भन्दा बढी महिला नेतालाई प्रत्यक्षमा उठाएर महिलालाई हेर्ने समाजको मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभएको हो।
     
    पूर्वसभामुख ओनसरी घर्तीले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई जोड दिनुपर्ने धारणा राख्नुभयो। ‘आउने पुस्तालाई हामीले महिलाहरू विशेष आरक्षण खाएर आएका छन् भन्ने सन्देश दिँदै छौं कि ! यसलाई तोड्नुपर्छ । यसकारण प्रत्यक्षमा जोड दिनुपर्ने हुन्छ’ उहाँले भन्नुभयो । 
     
     


    बिहिवार, श्रावण १२ २०७९०३:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij