Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कारागार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

कारागार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • बिहिवार, श्रावण १२ २०७९

  • 396
    SHARES

  • कारागार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
     
    गृहमन्त्री बालकृष्ण खाणले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । विधेयकका सन्दर्भमा सांसद सुरेश आलेमगर, डा.विमला राई पौडेल, उदयबहादुर बोहरा, मोहनबहादुर सुनार, नारायणदत्त मिश्रलगायतले आ–आफ्नो धारणा राख्दै समयानुकूल कानुन निर्माण हुनुपर्ने बताउनुभयो ।
     
    सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा गृहमन्त्री खाणले कारागारमा रहेका बन्दीप्रति पनि राज्य र समाजको दायित्व रहेको बताउनुभयो । 
     
    उहाँले कारागारभित्र सहजतापूर्वक जीवन जिउने कसरी बनाउने र जीवनको सदुपयोग कसरी गर्ने भन्नेबारेमा सरकारले सीपयुक्त बनाउने योजना र कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । 
     
    कारागारमा घरेलु उत्पादनमा संलग्न भए पनि त्यो पर्याप्त नभएकाले त्यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले सहरका मध्यभागमा रहेका कारागारलाई पर्याप्त ठाउँ भएको स्थानमा स्थानान्तरण गर्ने सोचका साथ सरकारले काम गरिरहेको समेत जानकारी दिनुभयो । 


    बिहिवार, श्रावण १२ २०७९०३:२२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij