Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

फिलिपिन्समा शक्तिशाली भूकम्प ४ को मृत्यु, ६० जना घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्प ४ को मृत्यु, ६० जना घाइते

  • बुधवार, श्रावण ११ २०७९

  • 557
    SHARES

  • फिलिपिन्समा शक्तिशाली भूकम्प ४ को मृत्यु, ६० जना घाइते

    काठमाडौं । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ । ६० जना भन्दा धेरै घाइते भएका छन् ।

    उत्तरी लुजोन टापुमा केन्द्रबिन्दु बनाएर बिहान ७ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    भूकम्पबाट लुजोन टापुको अब्रा प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । उद्धारकर्ताहरुले भत्किएका संरचनामा पुरिएकाहरुको खोजी तथा उद्धार जारी राखेका छन् ।

    भूकम्पको धक्का जापान, ताइवान र चीनमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


    बुधवार, श्रावण ११ २०७९०१:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij