Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

५ करोड घुस लिएको भन्दै स्वास्थ्य राज्यमन्त्रीले काटे डा. चौरासियाको नाममा पत्र

५ करोड घुस लिएको भन्दै स्वास्थ्य राज्यमन्त्रीले काटे डा. चौरासियाको नाममा पत्र

  • मंगलवार, श्रावण १० २०७९

  • 518
    SHARES

  • ५ करोड घुस लिएको भन्दै स्वास्थ्य राज्यमन्त्रीले काटे डा. चौरासियाको नाममा पत्र

    काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरासियामाथि ५ करोड रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

    स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको निजी सचिवालयले औषधि उपकरण खरिदमा ५ करोड बढी घुस लिएको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको लगायतका आरोप सञ्चार माध्यममा आएको भन्दै डा. चौरासियालाई पत्र काटेको छ ।

    यस्तै, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको भन्ने विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

    पत्रमा यसबारे वास्तविकता के होरु जवाफ मंगलबार साँझ ५ बजेभित्र राज्यमन्त्रीसमक्ष उपस्थित भएर जवाफ दिन पत्रमा निर्देशन दिइएको छ ।

    अनियमितताको आरोप लागेका डा. चौरासियाले भने आफूलाई अहिलेसम्म पत्र प्राप्त नभएको बताउनुभएको छ। विगत लामो समयदेखि खरिद र आपूर्ति शाखामा रहँदै आएका डा. चौरासिया खरिदसँग जोडिएर पटक—पटक विवादमा तानिदैं आउनुभएको छ। उहाँमाथि पटक—पटक अनियमितता गरेको आरोप पनि लाग्दै आएको छ । 

    Hirachandra KC.jpg


    मंगलवार, श्रावण १० २०७९०५:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij