Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक वर्षको प्रतिक्षापछि सिर्जनको निर्देशनमा ऋषिको ‘मैना राजा मैना रानी’ (भिडियो)

एक वर्षको प्रतिक्षापछि सिर्जनको निर्देशनमा ऋषिको ‘मैना राजा मैना रानी’ (भिडियो)

  • बुधवार, भाद्र १० २०७७

  • 2.7K
    SHARES

  • एक वर्षको प्रतिक्षापछि सिर्जनको निर्देशनमा ऋषिको ‘मैना राजा मैना रानी’ (भिडियो)

    काठमाडौं । एक वर्षअघि देखि चर्चामा आएको ‘मैना राजा मैना रानी’ बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।

    एकवर्षअघि गीतको थेगो मात्रै सार्वजनिक गरिएको थियो । थेगो अडियो मात्र सार्वजनिक भएपछि टिकटकमा पनि अत्याधिक भाईरल बनेको थियो । झण्डै ६ महिला अघि लकडाउनका समयमा गीतको प्रोमो बजारमा ल्याइएको थियो ।

    विभिन्न कारण देखाउँदै रिलिजको मिती पछि सार्दै आएको निर्माण पक्षले यो गीत निकै नै आसा लाग्दो बनेको बताएको छ । मुस्ताङका विभिन्न ठाउँमा सुटिङ गरिएको गीतको लगानी पनि राम्रै लागेको निर्माण पक्षको दाबी छ ।

    बिष्णु माझी र ऋषि खड्काको आवाज रहेको गीतमा रुपा रश्मी सापकोटको शब्द र खड्काकै संगीत रहेको छ । सिर्जन बरालले निर्देशन गरेको गीतमा रमेश हमाल ठकुरी र साया भण्डारीको अभिनय देख्न सकिन्छ ।

    गीतमा राजा र रानीबीचको मायाले दर्शाउन खोजिएको छ । बरालले पछिल्लो समय एकपछि अर्को गर्दै सफल गीतमा निर्देशन गर्दै आएका छन् । पछिल्लो पटक यो मुटुमा चिरा पर्याछ बोलको गीत दर्शक स्रोताले एकदमै रुचाएका छन् ।


    बुधवार, भाद्र १० २०७७०३:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij