Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सीसीटीभी फुटेज प्रकरण : संसदीय समितिले फरेन्सिक विज्ञसँग आज परामर्श गर्ने

सीसीटीभी फुटेज प्रकरण : संसदीय समितिले फरेन्सिक विज्ञसँग आज परामर्श गर्ने

  • मंगलवार, श्रावण १० २०७९

  • 413
    SHARES

  • सीसीटीभी फुटेज प्रकरण : संसदीय समितिले फरेन्सिक विज्ञसँग आज परामर्श गर्ने

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै त्यसको छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनको अध्ययन थालेको छ।

    समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ।

    आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए। त्यसपछि विज्ञसहितको टोलीसँग बैठक बस्ने गरी स्थगित गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जनाकारी दिनुभयो। बैठक आजै अपराह्न चार बजे बस्नेछ।

    प्राविधिक विषय भएको र समितिका सदस्यहरुले मात्र यसबारे जानकारी पाउने भन्दा पनि फरेन्सिकको सम्बन्धित टिमले नै यसबारे जानकारी गराएपछि एकीन भन्न सकिने अर्यालले बताउनुभयो ।

    अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन।

    मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।


    मंगलवार, श्रावण १० २०७९११:४०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij