Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संसद बैठकमा सांसदहरु नै उपस्थित हुँदैनन्, गणपूरक नपुग्ने समस्या कायमै

संसद बैठकमा सांसदहरु नै उपस्थित हुँदैनन्, गणपूरक नपुग्ने समस्या कायमै

  • आइतवार, श्रावण ८ २०७९

  • 521
    SHARES

  • संसद बैठकमा सांसदहरु नै उपस्थित हुँदैनन्, गणपूरक नपुग्ने समस्या कायमै

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुको उल्लेख्य उपस्थिति नहुँदा सभामुख अग्निप्रसाद सापकोटा हैरान बन्नुभएको छ ।

    विधेयकहरुमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रिया अगाडि बढिरहेका बेला पछिल्लो समय सांसदहरु भने बैठकमै जान छाडेका छन् ।

    विधेयकमाथिको छलफलमा भाग लिने, सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सकिएपछि प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद झपट रावल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्य सांसदहरुले भन्दा अलि बढी नै पटक गणपुरक संख्याको विषय उठाउने गर्नुभएको छ ।

    विधेयक निर्णयार्थ पेश गर्नै लाग्दा उठ्ने यस्ता गणपुरक संख्याको प्रश्नले बैठकप्रति सांसदहरुको रुची कस्तो छ ? भन्ने दखाउँदछ । हरेक दिन जसो बैठकमा गणपुरक संख्या नपुगेपछि सभामुख सापकोटा पनि हैरान बन्नुभएको हो।

    विगतमा गणपुरक संख्याको माग हुँदा यति उपस्थित हुनुपर्नेमा यति मात्रै उपस्थित भएकाले गणपुरक संख्या नपुगेर बैठक स्थगित गर्ने गरेका सभामुख सापकोटाले आइतबार गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित गर्दा उपस्थित सांसदहरुको संख्या नै सुनाउनु भएन ।

    कारागार सम्बन्धी विधेयकमाथि छलफल सकिएर निर्णयार्थ पेश हुन लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या यकिन गर्न माग गर्नुभएको थियो।

    २७५ सदस्यीय प्रतिनिधिसभामा गणपुरक संख्या पुग्न एक चौथाइ अर्थात, ६९ सांसद आवश्यक पर्दछ । ६९ जना सांसद पनि उपस्थित नहुँदा सभामुखलाई विधेयक पारित गराउन पनि हैरान भएको सभामुखकै सचिवालयका कर्मचारीहरु बताउँदछन् ।


    आइतवार, श्रावण ८ २०७९०५:०६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij