Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

२०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

२०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

  • आइतवार, श्रावण ८ २०७९

  • 405
    SHARES

  • २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने
    काठमाडौं । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।
     
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
     
    आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ । मन्त्रालयले गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।
     
    काठमाडौंमा ‘hop on hop off city bus’आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने घोषणासमेत मन्त्रालयले गरेको छ ।
     
    प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषण समेत मन्त्रालयले गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा ‘रिकोभरी प्लान’ ल्याउने निर्णय गर्नुभएको थियो । सोही अनुसार आइतबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो ।
     
    काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ।


    आइतवार, श्रावण ८ २०७९०१:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij