काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दाबी गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम्मेदवारी दिँदा पनि ९ लाख २७ हजार मत आएको भन्दै अध्यक्ष नेपालले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने बताउनुभयो ।
नेता नेपालले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धनको डम्फूमात्र नबजाउन आग्रह गर्नुभयो ।
स्थानीय तह निर्वाचनमा गठबन्धन भएपछि जितिहालिन्छ भनेर मिहिनेत कम गर्दा गठबन्धनबाट पनि धेरै सहयोग नपाएको अध्यक्ष नेपालले बताउनुभयो ।