Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एमालेलाई कमजोर बनाउन विदेशीले सत्तारुढ गठबन्धन बनाएको ओलीका आरोप 

एमालेलाई कमजोर बनाउन विदेशीले सत्तारुढ गठबन्धन बनाएको ओलीका आरोप 

  • शनिवार, श्रावण ७ २०७९

  • 484
    SHARES

  • एमालेलाई कमजोर बनाउन विदेशीले सत्तारुढ गठबन्धन बनाएको ओलीका आरोप 
    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशीरविदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गर्नुभएको छ । 
     
    अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको जिकिर गर्नुभएको हो । 
     
    शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय शक्तिहरूलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको तर्क थियो । 
     
    प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नु भयो । 
     
    अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकताबद्ध, प्रतिबद्ध र ऐक्यबद्ध रहेको पनि बताउनु भयो । मजदुरहरूको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उहाँको भनाई थियो ।


    शनिवार, श्रावण ७ २०७९०३:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij