Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

लोसपा र जनमत पार्टीबीच चुनावी गठबन्धन बनाउन गृहकार्य सुरु

लोसपा र जनमत पार्टीबीच चुनावी गठबन्धन बनाउन गृहकार्य सुरु

  • शुक्रवार, श्रावण ६ २०७९

  • 404
    SHARES

  • लोसपा र जनमत पार्टीबीच चुनावी गठबन्धन बनाउन गृहकार्य सुरु
    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीबीच गठबन्धन बनाउनेबारे गृहकार्य सुरु भएको छ । 
     
    गठबन्धनको प्रयासस्वरुप दुई दलबीच पटक पटक अनौपचारिक कुराकानी भएको बताइएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले राजधानीको तपोवनमा नौ दिने ध्यान गर्न जानुअघिसमेत लोसपाका अध्यक्ष ठाकुरसँग कुराकानी गरेका थिए । कुराकानी सकारात्मक रुपमा अगाडि बढेको बताइएको छ ।
     
    जनमत पार्टीका नेता बिपी साहले छलफल अझै जारी रहेको भन्दै क्रमशः छलफल हुँदै जाने बताउनुभयो । लोसपा र जनमत पार्टी दुवैले आआफ्नो पार्टीमा अगामी चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेका छन् । स्थानीय चुनावमा यी दुवै दल एक्ला एक्लै चुनाव लडेका थिए । तर, पाँच दलीय गठबन्धनसँग एक्ला एक्लै चुनाव लड्दा  सोचे जस्तो परिणाम आउन नसकेको दुबै पार्टीको निष्कर्ष छ । 
     
    लोसपाले जनमत पार्टीसहित एमाले र उन्मुक्ति पार्टीसँग चुनावी गठबन्धन बनाउने तयारी गरिरहेको छ । तर, जसपाका उपेन्द्र यादव पक्षसँग तालमेल गर्ने कि बाबुराम भट्टराई पक्षसँग गर्ने भन्नेमा टुङ्गो लागेको छैन । तर अगामी चुनावमा विभिन्न पाँच वटा दल मिलाएर चुनावी गठबन्धन बनाउने तयारी लोसपाको छ ।
     
    जसपा भने यतिबेला काँग्रेससहितको गठबन्धनमा रहेको छ । जसपाको बाबुराम पक्षले माओवादीसँग मिलेर समाजवादी केन्द्र बनाउने गृहकार्य पनि गरिरहेको छ ।
     


    शुक्रवार, श्रावण ६ २०७९०३:३५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij