काठमाडौं । नागरिकता विधेयक बाहेकका विषय संसद्को कार्यसूचीबाट हटाइएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद्को सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
संसद् बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद् बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।
यसअघि सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री खाँणले कारागार विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषय पनि थिए ।