Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : भारतीय राष्ट्रपति मुर्मू

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : भारतीय राष्ट्रपति मुर्मू

  • शुक्रवार, श्रावण ६ २०७९

  • 559
    SHARES

  • नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : भारतीय राष्ट्रपति मुर्मू

    काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । 

     
    प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उहाँले लेख्नुभएको छ, ‘नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान् सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु ।’
     
    प्रधानमन्त्री देउवाले उहाँलाई बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । 
     
    यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुर्मूलाई बधाई दिनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु ।’
     
    भारतको सत्तारुढ गठबन्धनबाट राष्ट्रपति चुनिएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गर्नुभएको थियो । उहाँले आइतबारदेखि कार्यभार सम्हाल्नुहुने छ । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिँदै छ ।


    शुक्रवार, श्रावण ६ २०७९०१:३६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij