Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

  • शुक्रवार, श्रावण ६ २०७९

  • 470
    SHARES

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई आज हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ ।

    मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ ।

    यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मित्रराष्ट्र गणतन्त्र भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ ।

    प्रधानमन्त्री देउवाले आज एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ ।


    शुक्रवार, श्रावण ६ २०७९०७:४४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij