Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एसपिपीका निर्णयबारे संसद्लाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

एसपिपीका निर्णयबारे संसद्लाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

  • बिहिवार, श्रावण ५ २०७९

  • 714
    SHARES

  • एसपिपीका निर्णयबारे संसद्लाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ
    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । 
     
    आज बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्ष सांसदहरूले एसपिपीको अवस्थाबारे सदनलाई सरकारले जानकारी दिनुपर्ने बताउनुभएका हो । 
     
    मन्त्रिपरिषद् बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भए पनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन।
     
    सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको हो । 
     
    एमालेका सांसद भीम रावलले बुधबार पनि एसपिपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग राखेका थिए।


    बिहिवार, श्रावण ५ २०७९०५:२१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij