काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयले पत्राचार रोकेको भन्दै सभामुखमार्फत पत्राचारका लागि रुलिङ गर्न माग गर्नुभयो ।
उहाँले अमेरिकाले घुमाउरोबाट नेपाललाई आइपीएसको अङ्ग बनाउने प्रयत्न गरिरहेको भन्दै यदि नेपाल आइपीएसको अङ्ग बने नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुने बताउनुभयो ।
म्युचियन डिफेन्स ट्रिटि र स्ट्राटेजिक डिफेन्स फ्याक्ट भनेर पनि एसपीपीलाई लाद्ने प्रयास भइरहेको गुरुङको भनाइ छ । त्यो नभए सोफाको नामबाट अर्को एग्रिमेन्ट गर्ने प्रयास भइरहेको भन्दै पिस कोअपरेशन एग्रिमेन्ट नाम राख्ने र नेपाललाई सैन्य सम्झौतामा लैजाने तयारी चलिरहेकाले यो विषयलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।