Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डीएसपीमाथि छानबिन हुने 

वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डीएसपीमाथि छानबिन हुने 

  • बिहिवार, श्रावण ५ २०७९

  • 827
    SHARES

  • वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डीएसपीमाथि छानबिन हुने 
    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी नायब उपरीक्षक (डिएसपी) माथि कारबाही हुने भएको छ ।
     
    प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो ।
     
    प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले भन्नुभयो, ‘छानबिन गर्न प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई पनि भनिएको छ, हरेक कुरामा समिति बनाउन जरुरी हुन्न । प्रदेश र जिल्लाबाटै छानबिन गरेर कारबाही गर्न भनिएको छ ।’
     
    नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए ।
     
    त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
     
    उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डिएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष पनि माग गरेको थियो ।


    बिहिवार, श्रावण ५ २०७९०२:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij