एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामि नोभेम्बरमा घोषित राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको दाबी गरेका छन् ।
रिपब्लिकन दलको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्र्याटहरूले नोभेम्बरको चुनावमा धाँधली गर्न लागिपरेको दाबी गरेका हुन् ।
दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृति दिएलगत्तै सम्बोधन गरेका ट्रम्पले हुलाकमार्फत् गरिने मतदान दुरुपयोग हुने दाबी गरेका छन् ।
तर, विपक्षीहरूले कसरी धाँधली गर्छन् भन्नेमा भने उनी स्वयम् अनभिज्ञ देखिएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणमा काम गर्न नसकेको भन्दै ट्रम्पको पछिल्लो समय चर्को आलोचना हुँदैआएको छ ।
यसैकारण उनको लोकप्रियता घटेको टिप्पणीहरू भइरहेका छन् । ताजामत सर्वेक्षणहरूले समेत उनलाई पछाडि पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।