काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गर्नुभएको छ। बुधबार(आज) उहाँले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको हो ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।