Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

छानबनि विशेष समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दै

छानबनि विशेष समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दै

  • मंगलवार, श्रावण ३ २०७९

  • 367
    SHARES

  • छानबनि विशेष समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दै

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको विशेष समितिले सीसीटीभी फुटेजका विषयमा आज प्राविधिक तथा विज्ञसँग छलफल गर्न लागेको छ ।

    समितिले आजदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने बताएको छ । त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ ।

    अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रीत भएको हो । हिजोको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो ।

    बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित समितिले गत मङ्गलवारदेखि काम सुरु गरेको थियो । समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो ।

    जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज मगाए पनि असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराइएको छ ।


    मंगलवार, श्रावण ३ २०७९०८:५७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij