काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवार मन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धि सम्पूर्ण समस्याको हल दुई वर्षभित्र गरिने बताउनुभएको छ ।
वर्षौदेखि भूमि सम्बन्धि समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेको भन्दै उक्त प्रवृतिको छिट्टै अन्त्य गर्ने गरी मन्त्रालय अघि बढेको मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्री श्रेष्ठले आफु राष्ट्रहित र जनहितलाई प्रमुख ठानेर राजनीतिमा लागेको व्यक्ति भएको बताइन् । धनकुटाको साँगुरीगढिमा गाउँब्लक अन्तरर्गतको जग्गाधनि पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले राम्रो काम गर्ने नेतृत्व र कर्मचारीलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । सहि र गलत नबुझी सत्य–तथ्य नछुट्याई लहडमा गरिने विरोध वा अवरोधले देश नबन्ने उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठले शनिबार धनकुटा जिल्लाको साँगुरीगढि गाउँपालीकामा दशकौं देखि कानुनी रुपले जमिनको मालिक बन्न बन्चित नागरिकहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यक्रममा जाँदा गरिएको अवरोधप्रति खेद व्यक्त गर्नुभएको छ । केहि मान्छेले डुल्न हिडेको भनेर कुप्रचार गर्दै गाडि रोकेर अवरोध गरेको प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘बिदाको दिन नभनी दिनरात मिहनेत गरेर जनताको लागि समर्पीत भएर लागिपर्ने विरुद्ध गलत प्रचार गरेर हतोत्साहित गर्ने संस्कृति र कुप्रचारमा रमाउने प्रवृतीले देश बन्दैन । यस्ता गतिविधिले झन् राज्य असफल पार्ने प्रवृती हावी हुन्छ । त्यसमा सबै नागरिक सचेत बन्नुपर्ने हुन्छ ।’
राज्यको स्रोत र साधन जोगाउने अभियानमा सबै लाग्नुपर्ने बताउँदै उनले मन्त्री परिषदको बैठकमा इन्धन बचाउने पस्ताव राखेको बताउनुभयो ।
एउटै रुट पर्ने कर्मचारीहरुले सवारी साधन सेयर गर्नुपर्ने, शनिबार सरकारी सम्पतीमा दुरुपयोग गरेर घुमफिर गर्ने कुरा रोक्ने लगायतका विषय मन्त्री परिषदको बैठकमा राखेको समेत जानकारी दिनुभयो ।
संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र अनुरुप आफ्नो काम सहि ढङ्गले अघि बढाउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले संघियता सहि ढङ्गले कार्यान्वयन हुन नसकेको बताउनुभयो ।नेपालको संघियता संघियताको अन्तराष्ट्रिय अभ्यास अनुरुप नभएको भएपनि यसलाई अधिक्तम रुपमा कार्यान्वयनमा लैजान सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।