Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीमा मन्त्रालयको नाम र कार्यविभाजन हेरफेर

लुम्बिनीमा मन्त्रालयको नाम र कार्यविभाजन हेरफेर

  • आइतवार, श्रावण १ २०७९

  • 884
    SHARES

  • लुम्बिनीमा मन्त्रालयको नाम र कार्यविभाजन हेरफेर
    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७८ अनुसार मन्त्रालयको नाम केही मन्त्रालयको हेरफेर गरेको हो । 
     
    लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । १३ वटै मन्त्रालय नै भए पनि कार्य विभाजनमा केही मन्त्रालयको नाम हेरफेर गरिएको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिनुभयो । 
     
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालयको नाम हेरफेर गरी अर्थ तथा सहकारी मन्त्रालय बनाइएको छ । त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलाई आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालय बनाइएको छ । 
     
    त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन ग्रामीण तथा सहकारी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालय बनाइएको प्रवक्ता शर्माले बताउनुभयो ।  
     
    मन्त्रिपरिषद्को कार्यालयमा दुई (२) जना हलुका सवारी चालकको अस्थायी दरबन्दी स्वीकृत गर्ने,    प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान गर्ने, जगदीशपुर वर्ड स्याङ्चुअरी (पक्षी आरक्ष) कार्ययोजना/ व्यवस्थापन योजना स्वीकृत गर्ने निर्णय गरेको छ । 
     
    यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा राजपत्र अनङ्कित प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालयको प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम, तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत प्रदेश सचिव दीपकराज नेपाललाई थप जिम्मेवारी सहित कामकाज गर्न तोक्ने निर्णय गरेको छ । 
     
    शर्माले प्रदेशलाई बलियो बनाउने भन्दा पनि सङ्घीय राजनीतिक दल, कर्मचारीहरूले व्यवहारमा सङ्घीयता विरोधी काम गरिरहेको आरोप समेत लगाउनुभयो । मन्त्रीले प्रदेशको संरचना बलिया बनाउन र अधिकारमाथि नै सङ्घले बढी हस्तक्षेपकारी भूमिका निर्वाह गरिहरेको बताउनुभयो । 


    आइतवार, श्रावण १ २०७९०५:१९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij