Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तिलोत्तमाको नगरसभा पुनः स्थगित, मेयर र प्रशासकीय अधिकृत प्रहरी सुरक्षामा 

तिलोत्तमाको नगरसभा पुनः स्थगित, मेयर र प्रशासकीय अधिकृत प्रहरी सुरक्षामा 

  • आइतवार, श्रावण १ २०७९

  • 681
    SHARES

  • तिलोत्तमाको नगरसभा पुनः स्थगित, मेयर र प्रशासकीय अधिकृत प्रहरी सुरक्षामा 
    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको १२ ओैं अधिवेशनको चौथो बैठक पनि बजेट पारित नगरी स्थगित भएको छ। 
     
    आइतबार दिउँसो १ बजे बसेको नगर सभालाई नगरप्रमुख रामकृष्ण खाँणले बैठकको गणपूरक संख्या नपुगेको भन्दै स्थगित गर्ने निर्णय सुनाउनुभएको थियो । 
     
    बैठकको प्रारम्भमा बैठकमा सहभागी एमालेबाट निर्वाचित जन प्रतिनिधिमध्ये ४२ जनाले हाजिर गरेका थिए भने उपस्थित भए पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि मध्ये नगरप्रमुख खाँण बाहेक अरू जनप्रतिनिधिले हाजिर गरेका थिएनन्। 
     
    यसअघि शुक्रबार बसेको तेस्रो बैठकमा ८९ जना उपस्थित भए पनि नगरप्रमुख खाँण बाहेक ८८ जनाले हस्ताक्षर गरेका थिए।
     
    तर नगरप्रमुख खाँणले आफू निकटका ४१ जना जनप्रतिनिधिलाई मात्र फर्जी उपस्थिति पुस्तिका हस्ताक्षर गराएर गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ।
     
    उपप्रमुख जगेश्वरी चौधरीले सभामा उपस्थित भएका नगरसभा सदस्यलाई षड्यन्त्रपूर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई स्थगित गरेको बताउनुभयो । 
     
    एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हाजिर गर्नबाट वञ्चित गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीविरुद्ध उनीहरूले नाराबाजी गरिरहेका छन्।
     
    एमालेका जनप्रतिनिधिको नाराबाजीपछि अहिले नगरसभा स्थलमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुरक्षाकर्मीले सुरक्षा दिएर राखेका छन्।
     
    एमालेबाट कार्यपालिका सदस्य निर्वाचित सुरेन्द्र श्री ले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले काङ्ग्रेससँगको राजनीतिक साठगाँठ गरी आफूहरूलाई हस्ताक्षर गर्न नदिएको आरोप लगाउनुभयो । 
     
    जनप्रतिनिधिलाई हस्ताक्षर गर्न रोक लगाएका ज्ञवाली नगरसभा स्थगित गरेपछि नेपाली कांग्रेसको नगर कमिटीको बैठकमा सहभागी भएको एमालेको आरोप छ।


    आइतवार, श्रावण १ २०७९०४:२०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij