Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधान सेनापति शर्मा अष्ट्रेलिया जाँदै

प्रधान सेनापति शर्मा अष्ट्रेलिया जाँदै

  • आइतवार, श्रावण १ २०७९

  • 499
    SHARES

  • प्रधान सेनापति शर्मा अष्ट्रेलिया जाँदै
    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद् बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लाग्नुभएको हो ।
     
    शर्माले हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमण गर्नुभएको थियो । उहाँले असार ४ देखि ८ गतेसम्म लेबनान, असार ८ देखि ९ गतेसम्म सिरिया र त्यसपछि अमेरिका भ्रमण गर्नुभएको थियो । उहाँ असार २० गते नेपाल फर्किनुभएको थियो ।
     


    आइतवार, श्रावण १ २०७९०२:३७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij