Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पर्यटनमन्त्री श्रेष्ठ र नाइजेरियाका राजदूत सुलेबीच भेटवार्ता

पर्यटनमन्त्री श्रेष्ठ र नाइजेरियाका राजदूत सुलेबीच भेटवार्ता

  • आइतवार, श्रावण १ २०७९

  • 567
    SHARES

  • पर्यटनमन्त्री श्रेष्ठ र नाइजेरियाका राजदूत सुलेबीच भेटवार्ता
    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आइतबार(आज) भएको भेटमा उनीहरूबीच नेपाल र नाइजेरियाको द्विपक्षीय सम्बन्धका विषयमा विचारविमर्श भएको थियो । 
     
    मन्त्री श्रेष्ठले प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको बताउँदै पर्वतारोहण, पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको बताउनुभएको थियो । 
     
    भेटमा मन्त्री श्रेष्ठले राजदूत सुलेलाई प्राकृतिक, आर्थिक र सांस्कृतिक विविधतामा उस्तै रहेका नेपाल र नाइजेरियाबीच अनुभव आदन–प्रदानबाट लाभ लिन सकिने प्रस्ताव गर्नुभएको थियो । उनीहरूबीच दुवै मुलुकको पर्यटन क्षेत्रको विकासका लागि साझेदारी गर्न तयारी अघि बढाउनेबारे छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ । 
     


    आइतवार, श्रावण १ २०७९०२:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij