Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गभर्नरको राजीनामा माग्दै नेविसङ्घ र अखिल क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

गभर्नरको राजीनामा माग्दै नेविसङ्घ र अखिल क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

  • आइतवार, श्रावण १ २०७९

  • 414
    SHARES

  • गभर्नरको राजीनामा माग्दै नेविसङ्घ र अखिल क्रान्तिकारीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
    उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए ।

    प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ । प्रहरी धरपकडपछि फेरि एक ठाउँमा भेला हुँदै नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले गभर्नरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।


    आइतवार, श्रावण १ २०७९११:०७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij