Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको भारत भ्रमणबारे नेपालमा चासो, एमाले भन्छ भाग खोज्न लबिङ (खास खबर)

प्रचण्डको भारत भ्रमणबारे नेपालमा चासो, एमाले भन्छ भाग खोज्न लबिङ (खास खबर)

  • शनिवार, आषाढ ३२ २०७९

  • 483
    SHARES

  • प्रचण्डको भारत भ्रमणबारे नेपालमा चासो, एमाले भन्छ भाग खोज्न लबिङ (खास खबर)

    काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भेटलाई तीव्रता दिनुभएको छ । 

    उहाँले आज भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नुभयो । साथै प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ । 

    भोलि बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता हुने कार्यतालिका रहेको छ । माओवादी केन्द्रले प्रचण्डको भारत भ्रमणलाई सद्भावना भ्रमण भनेको छ । माओवादी नेता लीलामणि पोखरेलले नेपाल–भारतको बीचमा रहेका समस्याबारे छलफल, विद्युत खरिदबिक्री, इपीजी रिपोर्टका विषयमा अनौपचारिक कुराकानी हुने बताउनुभयो । 

    पत्रकार तथा लेखक कनकमणि दिक्षीतले प्रचण्ड भारत जानुको रहस्य नखुलेको दाबी गर्नुभयो । चिनियाँ विदेश विभाग प्रमुख नेपालबाट फर्के लगत्तै भारत जानु भनेको आफूलाई भारतसँगै छुँ भन्ने जानकारी दिन रहेको दिक्षीतको भनाइ छ ।

    प्रचण्डको भारत भ्रमणलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आशंकाको रुपमा लिएको छ । मुलुकको राजनीतिमा केही परिवर्तन गर्नका लागि आफ्ना सिमित चाहाना पूरा गर्न भ्रमण भएको हुनसक्ने एमाले नेता भानुभक्त ढकालको दाबी छ । 

    भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड भारत जानुभएको हो । यो छोटो र तीन सदस्यीय भ्रमणका बारेमा नेपालमा केही संशय पैदा भएको छ । यद्यपि माओवादीले यो भ्रमणले नेपाल र भारतको बीचमा थप सम्बन्ध प्रगाढ बन्ने जनाएको छ । अध्यक्ष प्रचण्ड भोलि (आइतबार) स्वदेश फर्कने कार्यक्रम छ । 


    शनिवार, आषाढ ३२ २०७९०८:२८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij