Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाँण भन्छन् गठबन्धन हुँदा आफ्नो सिट छोड्न साथीहरू तयार हुनुपर्छ !

बालकृष्ण खाँण भन्छन् गठबन्धन हुँदा आफ्नो सिट छोड्न साथीहरू तयार हुनुपर्छ !

  • शनिवार, आषाढ ३२ २०७९

  • 780
    SHARES

  • बालकृष्ण खाँण भन्छन् गठबन्धन हुँदा आफ्नो सिट छोड्न साथीहरू तयार हुनुपर्छ !
    काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आउँदो चुनावमा गठबन्धन भएमा सिट छाड्न नेताहरू तयार हुनुपर्ने बताउनुभएको छ । 
     
    शनिबार सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले गठबन्धन भएमा नेताहरूले सिट छाड्नुपर्ने हुँदा त्यसको लागि पनि तयार रहनुपर्ने बताउनुभयो । उहाँले अहिलेमात्रै नभई पछि सम्म पनि गठबन्धनको आवश्यकता देखेको बताउनुभएको छ । 
     
    माओवादी गठबन्धन बिना एक्लै चुनाव नलड्ने समेत उहाँले बताउनुभएको छ । बरु अर्को कुनै पार्टीसँग मिलेर गठबन्धन गरेर जान सक्ने बताउनुभयो । 
     
    शेखर कोइरालाले महाधिवेशनका बेलामा आफूमाथि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सुराकी लगाएको आरोप लगाएको भन्दै  त्यस सन्दर्भमा कोइरालाले अहिले मिडियामा त्यस विषयमा बोलेर मिडिया स्टन्ट मात्रै गरेको उहाँको भनाई छ । 
     
     
     

     


    शनिवार, आषाढ ३२ २०७९०४:३०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij